जनकपुरधाम, २० जेठ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले अपांगता भएकालाई आत्मनिर्भर बनाउने कार्यक्रमसहित बजेट ल्याउने प्रतिबद्धता जनाएका छन् ।
शुक्रवार अपांग समाज जनकपुरधामद्वारा आयोजित कार्यक्रममा उनले उपमहानगरपालिकाले अपांगता भएकाहरूलाई आत्मनिर्भर बनाउने किसिमको नीति तथा कार्यक्रमलाई प्राथमिकता दिने बताएका हुन् ।
उनले अपांगता भएका व्यक्तिहरूका लागि अपांगमैत्री वातावरण निर्माण गर्नु हामी सबैको कर्तव्य भएको पनि बताए ।
मेयर साहले जनकपुरधाम उपमहानगरपालिकाको सरसफाइका लागि नगरवासीलाई आ-आफनो स्थानबाट सहयोग गर्न आग्रह गरे ।
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्रका फोहर व्यवस्थापनका लागि चाँडै ल्याण्डफिल साइटको व्यवस्थापन गरिनेसमेत उनले विश्वास दिलाए ।
कार्यक्रममा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामाग्री वितरण गरिएको थियो ।
तपाईको प्रतिक्रिया