काठमाडौं, २० जेठ । हिन्दू परिषद नेपालकी केन्द्रीय उपाध्यक्ष पिंकी महासेठले हिन्दू राष्ट्रप्रति जनलहर बढ्दै गएको बताएकी छन् ।
उपाध्यक्ष महासेठले भनिन्, ‘हिमाल, पहाड, तराई–मधेशमा नेपाली जनताको नेताहरुप्रति आक्रोश बढ्नु पनि हिन्दू राष्ट्रप्रति झुकाव बढेको पाइन्छ ।’
नेपालीमाथि जबरजस्ती धर्म–निरपेक्ष लादिएको बताउँदै महासेठले भनिन्, ‘हिन्दू राष्ट्र नेपाल अबको आवश्यकता हो र सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाँध्ने सेतु हो ।’
इसाई र इस्लामिक तत्व देशमा हावी हुँदै गएको बताउँदै उनले देशको एकता, समृद्धि,पहिचान र अखण्डताका लागि हिन्दू राष्ट्र नेपाल एक मात्र बिकल्प हो भन्ने कुरामा जोड दिइन् ।
वि.सं. २०७२ सालदेखि हिन्दू राष्ट्रका लागि हिन्दू परिषद् नेपाल कार्य गर्दै आएको क्रियाशील संस्था हो । सामाजिक र धार्मिक कार्य गरी आज देशमा लाखौं नेपालीलाई जोड्ने कार्य गरेको छ ।
तपाईको प्रतिक्रिया