बारा, २२ जेठ । जिल्लाको विश्रामपुर गाउँपालिकामा २४ घण्टे बर्थिङ्ग सेन्टर सञ्चालनमा आएको छ । आइतबार विश्रामपुरका नवनिर्वाचित अध्यक्ष जुल्फकार अलि भुट्टोले बर्थिङ्ग सेन्टरको उद्घाटन गरेका हुन् ।
विश्रामपुर स्वास्थ्य चौकीमा सञ्चालनमा आएको बर्थिङ्ग सेन्टरमा गाउँपालिका अध्यक्ष भुट्टोले बर्थिङ्ग सेन्टरमा जन्मिने पहिलो बच्चालाई नगद रु २५ हजार प्रोत्साहन स्वरूप उपलब्ध गराउने घोषणा गरे ।
जनताको स्वास्थ्यलाई मध्यनजर गरी बारा र पर्सा जिल्लाका लागि गाउँपालिका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने गाउँपालिकाको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया