हिन्दू राष्ट्र स्थापनाका लागि राप्रपा नेपालले जनजागरण अभियान सञ्चालन गर्ने

समाचार

विराटनगर, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र स्थापनाका लागि जनजागरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

राप्रपा नेपालले विराटनगरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

अध्यक्ष थापाले राष्ट्र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकमा संवृद्धि कायम गर्न आफ्नो पार्टी नयाँ सोच र नयाँ विचारका साथ अघि बढ्ने जिकिर गरे ।

स्थानीय निकायलाई शक्तिशाली बनाउनुपर्ने बताउँदै उनले सङ्घीयतालाई बलियो बनाउन प्रदेशको संरचनामा परिवर्तन गरेर स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन पर्नेमा जोड दिएका छन् ।

उहाँले राजसंस्था पुनःस्थापना हुने सम्भावना समाप्त भइसकेकाले राजसंस्था फर्कन्छ भनेर नेपाली जनतालाई झुक्याउने राजनीति नगर्न दलहरूलाई आग्रह समेत गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ