काठमाडौं, २२ जेठ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएका छन् ।
६/६ महिना मन्त्री बन्ने सहमतिअनुसार नेकपा एसले पाँच जनालाई सरकारमा पठाएको थियो ।
नेकपा एसबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी छन् ।
आइतबार बसेको पार्टीको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
पार्टीको निर्णयसँगै एकीकृत समाजवादीले ती नेताहरुलाई सरकारबाट फिर्ता बोलाएर ५ नेतालाई सरकारमा पठाएको छ ।
तपाईको प्रतिक्रिया