काठमाडौं, २२ जेठ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले संघीय सरकारमा मन्त्रीका लागि पाँच जनाको नाम बुझाएको छ ।
यसअघि रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउँदे नेकपा एसले नयाँ पाँच जनाको नाम मन्त्रिपरिषद्का अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो ।
मन्त्री बन्ने लाइनमा रहेका भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका छन् ।
यसअघि, नेकपा एसबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।
तपाईको प्रतिक्रिया