बाँके, २३ जेठ । बाँकेको कोहलपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
कोहलपुरको चप्परगौडीमा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते कोहलपुर नगरपालिका बाँकेका २९ वर्षीय खड्क गुरुङको उपचारका क्रममा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार कोहलपुरका रामबहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालपालिकाका ३८ वर्षीय दल बहादुर सारु घाइते छन् ।
उनीहरूको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको कोहलपुर प्रहरीले जनाएकाे छ ।
चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आँउदै गरेकोे मोटरसाइकल ठोक्किँएका थिए ।
तपाईको प्रतिक्रिया