सर्लाहीको ब्रह्मपुरीमा स्रोत नखुलेको रकमसहित एक भारतीय समातिए

समाचार

सर्लाही, २३ जेठ । सर्लाहीको ब्रह्मपुरीमा स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

ब्रह्मपुरीमा गाउँपालिका–४ मा स्रोत नखुलेको नगद ७ लाख ५० हजार रूपैयाँसहित भारत सितामढी ग्राम सोनबर्सा २ का ४० वर्षीय विश्वनाथ महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

सोनबर्साबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० ई ३९१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याएको रकम फेला परेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ