सर्लाहीमा १३ किलो गाँजासहित किशोरी पक्राउ

समाचार

सर्लाही, २३ जेठ । सर्लाहीको मलंगवामा १३ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।

मलंगवा नगरपालिका–९ बाट करिब १३ किलाे अवैध लागूऔषध गाँजासहित सोही नगरपालिका–९ की १८ वर्षीया किशोरीलाई समातिएको हो ।

उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

टाउँकोमा बाँसको ढाकीमा सामान बोकी मलंगवाबाट भारतको सोनवर्षातर्फ गइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीलाई देख्नासाथ भागेकी उनलाई सोही नगरपालिका–९ बस्ने धनराज साहको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो ।

उनले फालेको ढाकी तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ