बाँके, २३ जेठ । बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
फेसबुकबाट चिनजान र प्रेम सम्बन्ध राखेका एक युवाले किशारीलाई भेट्न बोलाएका थिए ।
प्रेमीको जन्म दिन मनाउन बाँके-बर्दिया सीमानाको मानखोलामा पुगेकी किशोरीलाई प्रेमीसहित ५ जनाले मदिरा खुवाई बलात्कार गरेका हुन् ।
बलात्कार घटना संलग्न रहेको आरोप प्रहरीले बैजनाथ गाउँपालिका–८ का २३ वर्षीय राजकुमार थारुलगायत ७ जनालाई आइतबार पक्राउ गरेको हो ।
मोटरसाइकलमा ती किशोरीलाई २ जना पुरूषले बीचमा राखी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोधपुछ तथा अनुसन्धानका क्रममा बैजनाथ गाउँपालिका–८ बस्ने १७ वर्षीय किशोरले ती किशोरीलाई फेसबुकमार्फत् सोही ठाउँस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाएको खुलेको थियो ।
खोरमा राजकुमार थारुलगायत ५ जनाले बलात्कार गरेको र २ जनाले बलात्कारपछि ती किशोरीलाई घरतर्फ छोड्न जान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बलात्कारमा संलग्न ५ जना र सहयोगी २ जनासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया