कपिलवस्तुको समन्वय समिति निर्वाचन जेठ २७ गते हुने

समाचार

इमरान खान, कपिलवस्तु, २३ जेठ । जिल्ला समन्वय समिति कपिलवस्तुको निर्वाचन जेठ २७ गते हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको सम्पूर्ण कार्यतालिकासहितको सूचना आइतबार जारी गरी २७ गते मतदान हुने जानकारी गराएको छ ।

जिल्लाका १० वटै स्थानीय तहको निर्वाचन, कार्यपालिका सदस्य निर्वाचनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको निर्वाचन गराउन लागेको हो ।

निर्वाचन तालिका अनुसार जेठ २४ गते मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । जिल्ला समन्वय समितिको निर्वाचनका लागि जिल्लामा २० जना मतदाता छन् ।

६ नगरपालिकाका ६ प्रमुख र ६ उपप्रमुख, ४ गाउँपालिकाका ४ अध्यक्ष र ४ उपाध्यक्ष गरी २० जना मतदाताले मतदान गर्नेछन् ।

२० जना मध्ये कांग्रेसका ८, एमालेका ७, जसपा नेपालका २, माओबादी केन्द्र १, राप्रपा १ र लोसपा १ जना निर्वाचित भएका छन् ।

महाराजगंज, कृष्णनगर, बुद्धभुमी नगरपालिका र मायोदेबी गाउँपालिकाको प्रमुख र उप प्रमुखमा कांग्रेसका उम्मेदवारले जितेका छन।यस्तै एमालले बाणगंगा नगरपालिको प्रमुख र उपप्रमुख तथा बिजयनगर र शुद्धोदन गाउँपालिका अध्यक्ष उपाध्यक्षमा एमालेले जितेको छ ।

यस्तै शिवराज नगरपालिकाको उपप्रमुखमा एमालेले जितको छ। जसपा नेपालले कपिलवस्तु नगरपालिको प्रमुख र उपप्रमुखमा जितेको छ ।

शिवाराज नगरपालिकाको प्रमुखमा राप्रपा, शुद्धोदन गाउँपालिका अध्यक्षमा लोसपा र उप प्रमुखमा माओवादी केन्द्रले जितेको छ । जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुखसहित ७ जना सदस्य गरी ९ निर्वाचित हुनेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ