बारामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

समाचार

बारा, २३ जेठ । बाराको परवानीपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

परवानीपुर गाउँपालिका–४ मा आज भएको दुर्घटनामा भारत घर भएकी ५५ वर्षीया गनजली देवी कोइरनीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बयोधा अस्पताल वीरगन्जमा मृत्यु भएको हो ।

चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००४ प ४२०० नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी कोइरनीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय परवानीपुरले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ