दुबईबाट अबैध रूपमा सुन ल्याउने कार्यमा संलग्न ७ जना पक्राउ

समाचार

काठमाडौँ, २३ जेठ । काठमाडौँमा अबैध रूपमा दुबईबाट सुन ल्याउने कार्यमा संलग्न सात जना पक्राउ परेका छन् ।

दुबईदेखि काठमाडौँमा कपडामा लुकाएर सुन ल्याउँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गुल्मीका सुरेशबहादुर शाही, कपिलवस्तुका सन्दिप चन्द ठकुरी, बाराकी निर्मला, धनुषाका राहुल भन्ने बरुनभक्त माथेमा, चिनियाँ नागरिक नागरिक लोब्सान ग्याल्सेन, नवलपरासीका युवराज भुसाल र भारतीय नागरिक अमन राजपुत छन् ।

उनीहरूले कपडामा फल्स बटम बनाएर सुन ल्याउँदै गरेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयले टोलीले उनीहरूको साथबाट ८८६ ग्राम सुन बरामद गरेको हो ।

नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्ति भन्सार छली अवैध रूपमा सुन ल्याउँदै छन् भन्ने गोप्य सूचनाको आधारमा अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिरबाट नियन्त्रणमा लिएको थियो ।

चेकजाँचमा कपडाको बीचमा सुन राखेको पाइएको थियो ।

उनीहरूलाई दुबईमा भीम लाहुरे नामक व्यक्तिले काठमाडौंमा सुन पठाउन लगाएको खुलेको कोइरालाले बताए । नेपाल आएपछि दुई जनालाई निर्मला घलानलाई सम्पर्क गर्न भनिएको थियो ।

उनीहरुलाई लिन आएका बेला घलान पनि विमानस्थलबाटै पक्राउ परेका थिए । 

उनलाई सोधपुछ गर्दा उनलाई दुबईबाट सन्देश तामाङ नाम गरेको व्यक्तिले म्यासेन्जरमा फोन गरेर सुन बुझ्न भनेका थिए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ