काठमाडौँ, २३ जेठ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ।
सरकारले दुई दिन बिदा दिने निर्णय असार १ गतेदेखि खारेज गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार बिदा दिने निर्णय फिर्ता लिएको स्रोतले जानकारी दियो ।
जेठ १ गतेदेखि लागु हुनेगरी सरकारले परीक्षणको लागि भन्दै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो।
तर एक महिना पनि कार्यान्वयन नहुँदै निर्णय फिर्ता भएको हो। वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको थियो।
आजै मात्र हप्तामा दुई दिन बिदा दिने निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो ।
तपाईको प्रतिक्रिया