नबिना थारु मृत्यु प्रकरण : सरकारद्वारा छानबिन समिति गठन

समाचार

काठमाडौँ, २४ जेठ । सरकारले बर्दियाकी नबिना थारुको मृत्यु घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

गृह मन्त्रालयले मधुवन नगरपालिका वडा नम्बर–२ मा सोमबार थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ। समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् ।

बर्दियामा घाइते बाघको नियन्त्रणको माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर नबिना थारूको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ