जनकपुरधाम, २४ जेठ । धनुषामा केही दिनदेखि हराइरहेका बालक मृत अवस्थामा भेटिएका छन् ।
जेठ १७ गतेदेखि हराइरहेका ६ वर्षीय बालक राँकी बरही जनकपुरधाम उपमहानगरपालिका–२२ बसहियास्थित दूधमती नदी छेउमा मृत अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कर्यालयका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बालकको शव सडेको अवस्थामा फेला परेको जानकारी दिए ।
मृत बालकको शवलाई पोष्टमार्टमका लागि काठमाडौँ लैजाने तयारी भइरहेको उनले बताए ।
सर्लाहीको कविलासी नगरपालिका–७ घर भएका घुमन्ते समुदायका बालकको परिवार केही दिनयता जनकपुरधाम उपमहानगरपालिका–८ मा त्रिपाल टाँगेर बस्दै आएको थियो ।
तपाईको प्रतिक्रिया