अदालत परिसरमा गोली चलाएको आरोपमा एक जना पक्राउ

समाचार

परासी २४ जेठ । नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षीय हंशराज यादव छन् ।

मंगलबार सुनवल नगरपालिका–९ बनकट्टीस्थित आफन्तको घरबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यादवको साथबाट ७.६५ एमएमको पेस्तोल, म्यागजिन र एक राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएकाे छ ।

यादवले सोमबार अदालत परिसरमा काकी रोशनी यादवलाई लक्षित गरेर गोली प्रहार गरेका थिए ।

एक राउण्ड फायर गरेर उनी भागेका थिए । अदालतमा उनीहरूबीच अंश मुद्दा चलिरहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ