चितवन २४ जेठ । चितवनको घैलाघारी सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।
बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२३ घौलाघारीकी ५५ वर्षीया मङ्गली बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सामुदायिक वनमा मंगलबार दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणमा परी मृत्यु भएकी महिलाको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।
तपाईको प्रतिक्रिया