सुर्खेत, २४ जेठ । सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ ।
गुर्भाकोट नगरपालिका–५ धारापानीकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको शव मकै बारीमा फेला परेको हो ।
शनिवार नेपाली कांग्रेसले गरेको कार्यक्रममा हजुरआमासँगै सहभागी भएकी विक सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विकको शव घरदेखि एकसय मिटरको दूरीमा मंगलबार फेला परेको हो ।
घटनाको थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया