रौतहट, २४ जेठ । रौतहटमा लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
प्रहरीले चन्द्रपुर नगरपालिका–६ का पनिलाल दासलाई ७ किलोग्राम गाँजासहित पक्राउ गरेको हो ।
घरमै बिक्री गरिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको प्रहरी टोलीले गाँजासहित दासलाई पक्राउ गरेको छ ।
दासमाथि लागुऔषध ओसारपसार तथा बिक्रीवितरणसम्बन्धी मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
तपाईको प्रतिक्रिया