रौतहट, २५ जेठ । चन्द्रपुर नगरपालिका–६ थोकरटोल बस्ने ५२ वर्षीय पनिलाल दासलाई अवैध लागूऔषध ७ किलोग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउँसो विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटीएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा कोठाभित्र प्लाष्टिकको झोलामा लुकाई राखेको उक्त गाँजा बरामद गरी उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया