मटिहानीमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि “क्षमता अभिबृद्धि कार्यक्रम”

समाचार

जलेश्वर, २५ जेठ । मटिहानी नगरपालिकामा कार्यरत स्वास्थ्य कर्मीहरुका लागि बृहत पोषण प्याकेज “क्षमता अभिबृद्धि कार्यक्रम” उद्घाटन भएको छ ।

बुधबार क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मण्डलले गरेका छन् ।

मटिहानी नगरपालिका स्वास्थ्य शाखा प्रमुख पवन कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा उप–प्रमुख नागेश्वर पाण्डेय, स्वास्थ्य कार्यालय महोत्तरीका प्रतिभा सिंह र सहजकर्ता ब्रजेश कुमार झालगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ