७० वर्ष नाघेकाले राज्यका कुनै पनि चुनावमा उम्मेदवारी दिन नपाउने व्यवस्था गरौँ : योगेश भट्टराई

समाचार

काठमाडाैँ, २५ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ७० वर्ष नाघेका व्यक्तिले कुनै पनि चुनावमा उम्मेदवारी दिन नपाउने व्यवस्था गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा एमालेका सचिव भट्टराईले ७० वर्ष नाघेका व्यक्तिले राज्यका कुनै पनि निकायका चुनावमा प्रतिस्पर्धा गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

उनले अन्य क्षेत्रमा जस्तै राजनीतिमा पनि अवकाशका लागि उमेरहदको व्यवस्था गर्नुपर्ने जिकिर गरे ।

‘संविधान अब केही विषयमा संशोधन गर्नुपर्ने हुन्छ । ६५ अथवा ५८ वर्षमा अवकाशका प्रणाली राखेको छौँ,’ उनले भने, ‘तर, राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ । अब ७० वर्ष नाघेका मानिसहरू कुनै पनि राज्यका निकायमा चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने ? हामीलाई र्‍यालसिंगान काढ्ने, कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन । काम गर्ने चाहिएको हो ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ