जनकपुरधाम, २५ जेठ । मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ ।
बुधबार बसेको मधेश प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो ।
जेठ २२ गते मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गरेका नीति तथा कार्यक्रममाथि दुई दिनको छलफलपछि बुधबार पारित गरिएको छ । छलफलमा भाग लिएका सांसद्हरूले नीति तथा कार्यक्रममा मिठामिठा कुरा राखेर मात्र नहुने हुने भन्दै कार्यान्वयनमा जोड दिएका थिए । नीति तथा कार्यक्रममा केही सांसदले संशोधन पनि हालेका थिए ।
सांसद्हरूले उठाएका विषय नीति तथा कार्यक्रममा समावेश गर्ने मुख्यमन्त्री लालबाबु राउतले प्रतिबद्धता जनाएपछि संशोधन हाल्ने सांसदहरू बच्चा अहिर, परमेश्वर साह, दिलिपकुमार साह, सुन्दर विश्वकर्मा, बाबुलाल साहलगायतले आ–आफ्नो प्रस्ताव फिर्ता लिएका थिए ।
प्रदेशसभाको अर्को बैठक शुक्रबार बस्ने छ ।
तपाईको प्रतिक्रिया