प्रधानसेनापति शर्माद्वारा दर्ज्यानी चिह्न प्रदान

समाचार

काठमाडौं, २५ जेठ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दिपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बुधबार सैनिक मुख्यालय जंगी अड्डामा भएको कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । जेठ २३ गतेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई उपरथीमा पदोन्नति गरेको थियो ।

पदोन्नति भएका उपरथीहरू दिपककुमार बानियाँलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, होमनाथ दवाडीलाई निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र यामप्रसाद ढकाल युद्ध–मद्दती तथा युद्ध–सेवा मद्दती विभागका विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यस्तै कार्यक्रममा सहायक रथीमा पदोन्नति भएका २ महासेनानीलाई प्रधानसेनापति शर्माले सहायक रथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ