लाेसपा नेता कर्णको प्रश्न– 'जसपासँग के को लागि र किन एकीकरण गर्नुपर्ने ?'

समाचार

काठमाडौँ, २५ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग कुरा नभएको स्पष्ट पारेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै लाेसपा सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग कुरा नभएको बताएका हुन् ।

सरकारमा सहभागिताको विषयमा प्रधानमन्त्रीबाट कुनै प्रस्ताव नआएको पनि उनले बताए ।

अर्को प्रसंगमा कर्णले जसपाले पछिल्लो समय एकीकरणको कुरा गर्न थालेकोप्रति कटाक्ष गरे ।

विगतमा आफूहरूलाई पार्टीबाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै उनले अहिले संकटमा परेकाले सहयोग खोजेको बताए ।

सांसद् कर्णले संकट निवारण भएपछि लखेट्ने प्रवृत्ति जसपा अध्यक्ष उपेन्द्र यादवमा रहेको पनि आरोप लगाए ।

उनले प्रश्न गरे, 'के को लागि र किन एकीकरण गर्नुपर्ने ?'

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ