काठमाडौँ, २५ जेठ । नेपाल प्रहरीका पाँच एआईजीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
बुधबार प्रहरी प्रधान कार्यालयमा भएको समारोहमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले पाँच एआईजीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
पदाेन्नति गरिएका एआईजी उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
सोमबारको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई डीआईजीबाट अतिरिक्त प्रहरी महानिरीक्षक एआईजीमा बढुवा गरेको थियो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरूलगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया