सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु

समाचार

सिरहा, २५ जेठ । सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

एक जना घाइते भएका छन् । धनगढीमाई नगरपालिका १३ भाल्टरका ४० वर्षीय बुद्धबहादुर तामाङको चट्याङका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घरमै बसिरहेका उनको आज हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले बताए ।

चट्याङ लागेर बेहास भएका उनलाई उपचारको लागि आरके मेरीसीटी अस्पताल ल्याए पनि अस्पतालले तत्काल मृत घोषणा गरेको थियो । त्यसैगरी, मिर्चैया नगरपालिका ९ देउरालीका ५६ कुमलाल योञ्जन पनि चट्याङ लागेर घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ