जनकपुरधाम, २५ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले रोकिएको ‘छोरी बीमा कार्यक्रम’ छिट्टै पुन: सञ्चालन हुने आश्वासन दिएका छन् ।
प्रदेशसभामा आज नीति तथा कार्यक्रममाथि प्रदेश सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले ‘छोरी बीमा कार्यक्रम’का लागि ग्लोबल आइएमई बैंकसँग सम्झौता भइसकेकाले छिट्टै सञ्चालन हुने बताएका हुन् ।
'कोभिड–१९ सङ्क्रमणलगायतका कारणले विगत दुई वर्षदेखि रोकिएको छोरी बीमा कार्यक्रम अब छिट्टै सञ्चालन हुन्छ', मुख्यमन्त्री राउतले भन्नुभयो, 'त्यसका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र ग्लोबल आइएमई बैंकबीच सम्झौता भइसक्यो, अबको केही दिनभित्रै सञ्चालन हुन्छ ।' ‘मुख्यमन्त्री बेटी पढाउँ बेटी बचाउँ’ सँगै सञ्चालित ‘छोरी बीमा कार्यक्रम’ अन्तर्गत हालसम्म प्रदेशका करिब छ/सात हजार छोरीको बीमा भइसकेको र अब थप छोरीको बीमा हुने उनको भनाइ थियो ।
तपाईको प्रतिक्रिया