विद्युतको हाइटेन्सन तारमा मानिस हिँड्न थालेपछि माथिल्लो त्रिशुली थ्री 'ए' को उत्पादन रोकियो

समाचार

नुवाकोट २८ जेठ। नुवाकोटको ककनी गाउँपालिकामा एक पुरुष विद्युतको हाइटेन्सन पोलको तारमा हिँड्न थालेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।

शनिबार बिहान करिब १० बजेदेखि बेलकोटगढी नगरपालिका–१३ घलेगाउँका ४४ वर्षीय माइला विक विद्युतको हाइटेन्सन पोलमा चढेका हुन् । 

उनलाई स्थानीय र प्रहरीले तल झर्न आग्रह गरिरहेका छन् ।

ती व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको र प्रहरीले त झर्नका लागि फकाइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

तारमा मान्छे हिँड्न थालेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ