सर्लाहीमा बाँसको भाटाले हिर्काएर मामाको हत्या

समाचार

सर्लाही, २८ जेठ । सर्लाहीको लालबन्दीमा मामाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले लालबन्दी नगरपालिका–११ हिरापुरका ३१ वर्षीय रवि बिकलाई पक्राउ गरेको हो । 

शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतक अशोक लालबन्दी–१७ रानीगञ्जका बासिन्दा हुन् ।

प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुवै जना काम गरिरहेका बेला विवाद हुँदा रविले अशोकको टाउकोमा बाँसको भाटाले हिर्काएका थिए । गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रविलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ