सर्लाही, २८ जेठ । भारत सरकारको सहयोगमा निर्माण भएको सर्लाहीको श्रीफौद सिंह जनता माध्यमिक भवनको उद्घाटन गरिएको छ ।
दुई तल्ले भवन मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह तथा भारतीय महावाणिज्यदूत नितेश कुमारले संयुक्त रूपमा आज उद्घाटन गरेका हुन् ।
विद्यालय भवन शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रमअन्तर्गत निर्माण गरिएको भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यो परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने “जादी का अमृत महोत्सव' अन्तर्गत रहेको छ । विद्यालय नेपालमा यस वर्ष उद्घाटन गरिने ७५ परियोजनाहरूमध्ये एक हो ।
यो विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुका साथै सर्लाहीमा शिक्षाको विकासमा टेवा पुर्याउने विश्वास भारतले लिएको छ ।
तपाईको प्रतिक्रिया