सिरहा, २८ जेठ । सिरहाको गोलबजार नगरपालिकाले जटिल प्रकृतिका रोगबाट पीडित बिरामीहरूलाई औषधी उपचारवापत् सहयोग रकमका लागि निवेदन दिन अनुरोध गरेको छ ।
गोलबजार नगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरूलाई औषधी उपचारवापत् खर्चका लागि निवेदन पेश गर्न अनुरोध गरेको हो ।
नगरपालिकाले सूचना जारी गर्दै सम्बन्धी कार्यविधिको अनुसूची बमोजिमको ढाँचामा प्रमाणसहित ‘औषधी उपचारवापत् खर्च पाउँ’ भन्ने व्यहोराको निवेदन दिन भनेको छ ।
साथै, यो निवेदन १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा पेश गर्न पनि भनिएको छ ।
तपाईको प्रतिक्रिया