सुनसरी, २९ जेठ । सुनसरीको कोशी गाँउपालिकामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
कोशी गाँउपालिकामा–५ मा भएको दुर्घटनामा ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ वर्षीय श्रवण कुमार मेहता रहेका छन् ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका जिप चालकसहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
को २ च ३९९२ नम्बरको जिप आज बिहान पैदल हिँडिरहेका मेहतालाई ठक्कर दिई अनियन्त्रित भई सडक छेउको रुखमा गएर ठोक्किएको थियो ।
तपाईको प्रतिक्रिया