जनता समाजवादी पार्टी र राजपा लाेकतान्त्रिक पार्टीबीच एकीकरण

समाचार

जनकपुरधाम, २९ जेठ । जनता समाजवादी पार्टी र राजपा लाेकतान्त्रिक पार्टीबीच एकीकरण भएको छ । 

रितेश सिंह नेतृत्वको राजपा लाेकतान्त्रिक जसपामा समाहित भएको हो । 

एकीकरण समारोहमा जसपाका अध्यक्ष उपेन्द्र यादवले छिट्टो नागरिकता कानुन सदनबाट पास गरी जन्मसिद्ध नागरिककका सन्तानलाई नागरिकता दिनुपर्ने बताएका छन् । 

उनले नागरिकता पाउनबाट वञ्चित १० लाख मतदाताहरूले स्थानीय तहको चुनावमा सहभागी हुन नपाएकाे पनि बताए ।

यादवले मधेशको जनसङ्ख्या ५३ प्रतिशत पुगेको बताउँदै अहिलेको निर्वाचन क्षेत्रमा सुधार गरेर जनसङ्ख्याका आधारमा तोकिनुपर्ने धारणा राखेका थिए । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ