प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

समाचार

मोरङ, २९ जेठ । प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आइतबार बसेको प्रदेशसभाको बैठकले आर्थिक वर्ष२ २०७९/८० को नीति तथा कार्यक्रम पारित गरेको हो । 

यसअघि बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले अघिल्लो सरकारको कारण वर्तमान सरकारलाई आर्थिक भार बढेको बताएका थिए ।

उनले बहुवर्षीय योजनामा विगतका सरकारले प्रयाप्त बजेट विनियोजन नगरी योजना अघि बढेको अवस्थामा अहिलेको सरकारले ती योजनालाई पूरा गर्ने उद्देश्यका साथ अघि बढिरहेको बताए ।

अहिले सरकारलाई २७ अर्बको आर्थिक भार बढेको पनि उनले बताए ।

बैठकमा प्रमुख प्रतिपक्षी एमालेका हिक्मतकुमार कार्कीले विगतका सरकारले प्रदेशको राजधानी कायम गरेको भन्दै प्रदेशको नामकरणमा सरकारले उदासिनता देखाउन नहुने बताए ।

त्यस्तै, पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले प्रदेशवासीको साझा पहिचान देखाउने गरी प्रदेशको नामकरण हुनुपर्ने धारणा राख्दै विराटनगरमा सयौँ बिघा जग्गा रहेको र यसैमा प्रदेश सरकारको संरचना बन्नुपर्नेमा जोड दिए ।

उनले विद्यार्थीहरूले समयमै पुस्तक नपाएकोमा चिन्ता व्यक्त गर्दै सरकारले किसानको लागि मल, बीउविजन समयमै उपलब्ध गराउन माग गरे ।

प्रदेशसभाको अर्को बैठक असार १ गते अपराह्न २ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ