बारा, ३० जेठ । बाराको जितपुरसिमरामा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका–२२ मा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाराको बारागढी गाउँपालिका–१ भवानीपुरका २६ वर्षीय देबेन्द बछार चौधरी र उनकी २२ वर्षीया श्रीमती नन्द चौधरीको मृत्यु भएको हो ।
उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हेटौडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना. ७ ख ३९४८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००४ प १५१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया