सुनसरीमा बस दुर्घटना, २५ जना घाइते

समाचार

सुनसरी, ३० जेठ । सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । 

सोमबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ ख ६५६४ नम्करको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो ।

विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

घाइतेको जिल्ला अस्पताल इनरुवा, सैनिक अस्पताल इटहरी र विराटनगरमा उपचार भइरहेको छ । 

घाइतेमध्ये देवकुमारी चौधरी र भूराज खत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ