सप्तरी, ३० जेठ । सप्तरीको राजविराजमा मिटरब्याजी रामदेव साहविरुद्ध प्रदर्शन भएको छ ।
सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरका साहविरुद्ध पीडितहरूले प्रदर्शन गरेका हुन् ।
मिटरब्याजी पीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट आएका पीडितहरूले साहसहित उनको परिवारलाई कारबाहीको माग गर्दै गरेका छन् ।
र्यालीले नगरका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।
घर भएका मिटर व्याजी साह ठगीधन्दा गरी गाउँबाट भागेर धरानमा बस्दै आएका छन् ।
पीडितहरूलाई दुःख दिएको विषयमा सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पक्राउ गरी कारबाही अघि बढाउन निर्देश दिएका थिए ।
प्रहरीले उनका छोरा नन्दकिशोर साह र छोरी अनुराधाकुमारी साहलाई पक्राउ गरेपनि मुख्य आरोपित रामदेव साह तथा अन्य आरोपित अझै फरार छन् ।
तपाईको प्रतिक्रिया