महोत्तरी, ३१ जेठ । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित गौरीडाँडामा रहेको एक घरमा आगलागी भएको छ ।
आज बिहान स्थानीय सरोज तोलागेंको दुई तल्ले काठको घरमा विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट जनाएका छन् ।
आगलागीबाट चार लाख बराबरको क्षति भएको छ ।
आगलागीबाट नगद, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचर सहितका सरसामानहरू जलेर नष्ट भएको छ । स्थानीय तथा प्रहरीको सहयोगमा आगाे नियन्त्रणमा लिइएको थियो ।
तपाईको प्रतिक्रिया