ओखलढुंगामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

समाचार

ओखलढुंगा, ३१ जेठ । ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।

बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई सोमबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका–२ का ४० वर्षीय पूर्णप्रसाद फुयाल रहेका छन् ।

ती बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी र डर धाक धम्की देखाई गत वैशाख २७ गते उनीहरूले सोही नगरपालिका–११ मा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ