महोत्तरीको बर्दिबासमा जीपबाट टेम्पोलाई ठक्कर, एक जनाको मृत्यु

समाचार

महोत्तरी, ३१ जेठ । महोत्तरीको बर्दिबास नगरपालिका–३ मा गएराति टेम्पोलाई जीपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

अन्य छ जना घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–३ का २६ वर्षीया कुन्ता ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

घाइते ढुङ्गेलको जनकपुरस्थित काव्या अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परेर टेम्पो चालक बर्दिबास नपा–३ का ४५ वर्षीय ओमबहादुर लुङ्गेली, सोही ठाउँ बस्ने ४२ वर्षीय यादवकुमार ढुङ्गेल, २९ वर्षीया पवित्रा आचार्य, आठ वर्षीया करिष्मा ढुङ्गेल, सिन्धुली जिल्ला दुधौली नपा–२ का ३५ वर्षीय पुरुषोत्तम चालिसे र ३९ वर्षीया पवित्रा चालिसे घाइते भएका छन् । उनीहरूको उपचार बर्दिबासस्थित जनसेवा अस्पतालमा भइरहेको छ ।

गएराति बर्दिबास नपा–३ स्थित स्मृतिपार्क नजिकैबाट पाटुतर्फ जाँदै गरेको ज.१ ह ३५०१ नम्बरको टेम्पोलाई विपरीत दिशाबाट आउँदै गरेकोे नम्बर नखुलेको बोलेरो पिकअपले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ