सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

समाचार

सर्लाही, ३१ जेठ । सर्लाहीको गोडैतामा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ ।

गोडैता नगरपालिका–११ की ७५ वर्षीया मकुरचन देवी मण्डलको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको हो ।

आफ्नै घरमा मोटर जडान भएको कल चलाई नुहाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ