मोरङ, ३१ जेठ । मोरङको विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका-१४ मा अनटेष्ट मोटरसाइकलको ठक्करबाट सोही दिशातर्फ जाँदै गरेका पैदल यात्री स्थानीय ६० वर्षीय मजेबुल मियाको मृत्यु भएको छ ।
ठक्करबाट घाइते मियालाई विराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकल र चालक भारत मझपुरका ५९ वर्षीय बिन्देश्वर रामलाइ ईलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया