मधेश सरकारले जानकी मन्दिरलाई कुरुप बनाएर भ्रष्टाचार गर्‍यो : महन्त दास

समाचार

जनकपुरधाम, ३१ जेठ । जानकी मन्दिरका महन्त रामतपेश्वर दासले मधेश सरकारले सौन्दर्यीकरणका नाममा जानकी मन्दिरलाई कुरुप बनाउने काम गरेको आरोप लगाएका छन् ।

मंगलबार मन्दिरमा पत्रकार सम्मेलन गर्दै महन्त दासले सौन्दर्यीकरणका नाममा मधेश सरकारले मन्दिरलाई कुरुप बनाउँदै भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत भएको मन्दिर सौन्दर्यीकरणका क्रममा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको र मन्दिरको स्वरूपलाई कुरुप बनाएर भ्रष्टाचार गरेको उनको आरोप छ ।

'१२७ वर्षअघि टिकमगढकी रानीले मार्बल लगाउनुभएको थियो । अहिलेसम्म त्यो मार्बलमा केही भएको थिएन । प्रदेश सरकारले मन्दिर परिसरमा मार्बल लगायो । तर, एक वर्ष पनि टिक्न सकेन । ठाउँठाउँमा टुटफुट भएको छ । राम्रो फलामको ढोकालाई हटाएर जस्तापाताको ढोका लगाइयो । जसले गर्दा जानकी मन्दिरलाई कुरुप बनाउने काम गरियो ।' उनले भने ।

महन्तले भने, 'जानकी मन्दिरलाई पटकपटक तोडफोड गरियो । मन्दिरको राम्रो संरचनालाई तोडफोड गरी खराब सामग्री लगाइएकाले विश्व सम्पदा सूचीमा सूचीकृत हुन नसक्दैन ।'

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ