वीरगञ्ज महानगरपालिकाले ६४ ज्यालादारी कर्मचारीलाई हटायो

समाचार

पर्सा, ३१ जेठ । वीरगञ्ज महानगरपालिकाले ज्यालादारीमा कार्यरत ६४ कर्मचारीलाई हटाएको छ ।

महानगरले कम्प्युटर अपरेटर २१ जना, कार्यालय सहयोगी १६ जना, कुचिकार ६ जना, फायरमैन ५ जना, चौकीदार, सब इन्जिनियर, स्टाफ नर्स, अमिन, हेभी सवारी चालक, अहेब २/२ जना, माली, मेकानिकल हेल्पर, सुपरभाईजर, चैनमैन १/१ जना गरी ६४ कर्मचारीलाई हटाइएकाे हाे । 

दैनिक ज्यालादारीमा कार्यरत रहेको प्रशासन महाशाखा प्रमुख रामकुमार कुशवाहले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालद्वारा जारी सूचनामा २०७८ वैशाखदेखि दैनिक ज्यालादारीमा कार्यरत उनीहरूलाई असार १ गतेदेखि काममा नआउन भनिएको छ । 

मेयर राजेशमान सिंहले निवर्तमान नगर प्रमुख विजयकुमार सरावगीको कार्यकालमा दैनिक ज्यालादारीमा राखिएका कर्मचारीलाई हटाएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत ढकालले महानगरलाई आवश्यकता परेको समयमा ज्यालादारीमा काम लिने र आवश्यक नपरेको समयमा हटाउनु सामान्य प्रक्रिया भएको बताएका छन् ।

तर, मेयर सिंहले ज्यालादारीमा कार्यरत कर्मचारीहरूले सन्तोषजनक काम नगरेकाले हटाउनुपर्ने अवस्था आएको बताए ।

‘विशेषगरी दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू कार्यालयमा १२/१ बजे आउने हाजिर गर्ने, काममा ध्यान नदिने समस्या देखियो’ उनले भने, ‘त्यसलै हटाउने निर्णयमा पुगेका हौँ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ