मधेश प्रदेशको ४६ अर्ब ८८ करोडको बजेट सार्वजनिक (पूर्णपाठसहित)

समाचार

जनकपुधाम, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाखका बजेट सार्वजनिक गरेको छ ।

बुधवार प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाख बजेट सार्वजनिक गरेका हुन् ।

त्यसमध्ये चालु तर्फ २१ अर्ब ७७ करोड ६७ लाख ९५ हजार अर्थात ४६ दशमलव २१ प्रतिशत र पुँजीतर्फ २५ अर्ब ८२ लाख २० लाख ८० हजार अर्थात ५३ दशमलव २१ प्रतिशत छ ।

त्यसैगरि, वित्तीय व्यस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार अर्थात् शुन्य दशमलव ३५ प्रतिशत रहेको छ । चालु आवमा प्रदेश सरकारको बजेट करिब ३४ अर्ब छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ