कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

समाचार

कैलाली, ३ असार । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति गोदावरी नगरपालिका–६ लालपुरमा सुप. प्र. १०१० प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ