रौतहटमा ट्रकबाट मोटरसाइकललाई ठक्कर, एक जनाको मृत्यु

समाचार

रौतहट, ३ असार । रौतहटको चन्द्रपुरमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका–२ मा ना.६ ख ६५५० नम्बरको ट्रकले रा.४ प ५०१ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी ईनरवा नगरपालिका–१० बस्ने ३६ वर्षीय सकल कुमार मण्डल रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ