सप्तरी, ३ असार । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा अबैध रूपमा ल्याउँदै गरिएको अवस्थामा ठूलो परिमाणमा रिफाइन्ड पाल्मोलियन तेल बरामद भएको छ ।
शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ कोशी ब्यारेजमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको भारतीय ट्रक चेकजाँचका क्रममा सशस्त्र प्रहरीले ५७ लाख ७० हजार बराबरको रिफाइन्ड पाल्मोलियन तेल बरामद गरेको हो ।
सशस्त्र प्रहरीले ट्रक चालक भारत कानपुरका ३० वर्षीय अबधबाबु र २३ वर्षीय सहचालक धिरजकुमारलाई पक्राउ पनि गरेको छ ।
प्रहरी तेल, ट्रक तथा अभियुक्तहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।
प्रहरीले एक हजार ५०० टिन रिफाइन्ड पाल्मोनियम तेल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।
ट्रक चालकले कुनै बेला भारत हिँडेको त कुनैबेला बाटो बिर्सिएर नेपाल प्रवेश गरेको बताएका छन् ।
तपाईको प्रतिक्रिया